२०८२ भाद्र २३ गते सोमबार
मुख्य मेनु
/ हाम्रो बारेमा

हाम्रो बारेमा

अध्यावधिक मिति २०८२ भाद्र १४ गते शनिबार


शिक्षा (आठौं संशोधन) ऐन, २०७३ कार्यान्वयनमा आए संगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड क्रियाशील भइसकेको छ । साविकको उच्च माध्यमिक शिक्षा परिषद् बाट सम्पादन हुँदै आएका सम्बन्धन विद्यालय अनुमति, छात्रवृत्ति,विद्यालय संचालन सम्बन्धी कार्य स्थानीय तहबाट व्यवस्थापन गरिने र पाठ्यक्रम निर्माण, विकास एवं समकक्षता निर्धारण सम्बन्धी कार्य पाठ्क्रम विकास केन्द्रबाट सम्पादन गर्ने गरी कार्यक्षेत्र निर्धारण भएका छन् । कक्षा १० ( एस.इ.इ) को परीक्षा एवं कक्षा ११ र १२ (एस एल सी ई)को परीक्षा सम्बन्धी कार्यहरुलाई राष्ट्रिय परीक्षा बोर्डको क्षेत्राधिकार भित्र आवद्ध गरिएको छ । साथै,कक्षा १० को परीक्षा प्रादेशिक स्तरमा संचालन गर्ने र समग्र विधालय शिक्षाको परीक्षालाई समेत दिशानिर्देश गर्ने दायित्व राष्ट्रिय परीक्षा बोर्डको परिधि भित्र समाहित गरिएकोछ।

ऐनमा भएको व्यवस्था अनुसार विद्यालय शिक्षाको परीक्षा संचालन, व्यवस्थापन र उन्नयनका लागि स्थापना गरिएको राष्ट्रिय परीक्षा बोर्डको मूलकार्य परीक्षा पद्धतिको विकासमा केन्द्रित रहेको छ । राष्ट्रिय परीक्षा बोर्ड अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाको रुपमा शिक्षा ऐनमा परिभाषित गरिएको छ । बोर्डको सबै कामकारवाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद्को परीक्षा नियन्त्रण कार्यालयबाट सम्पादन हुँदै आएका सबै कामकारवाही राष्ट्रिय बोर्डबाट संचालन भइरहेका छन् । उच्च माध्यमिक शिक्षा परिषद्को नाममा रहेको चल /अचल सम्पत्ति तथा दायित्व बोर्डमा सरेको छ ।

बोर्डको गठन :

राष्ट्रिय परीक्षा बोर्डको गठन विधि निम्नानुसार रहेको छ :

१) मान्यताप्राप्त विश्वविद्यालयवाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको र शिक्षा तथा परीक्षा सम्बन्धी क्षेत्रमा कम्तिमा बाह्र वर्षको अनुभव प्राप्त व्यक्तिहरु मध्येबाट लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा ख्यातिप्राप्त शिक्षाविद्हरु मध्येबाट कम्तीमा एकजना महिला सहित मन्त्रालयले मनोनयन गरेका दुईजना सदस्य रहेको समितिको सिफारिसका आधारमा नेपाल सरकारले नियुक्त गरेको व्यक्ति -अध्यक्ष
 २) शिक्षा मन्त्रालयको सचिव -उपाध्यक्ष
 ३) मन्त्रालयको सहसचिव (विद्यालय शिक्षा हेर्ने) -सदस्य
 ४) महानिर्देशक, शिक्षा विभाग -सदस्य
 ५) कार्यकारी निर्देशक, पाठ्यक्रमविकास केन्द्र -सदस्य
 ६) सदस्य सचिव, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् -सदस्य
 ७) परीक्षा नियन्त्रक, त्रिभुवन विश्वविद्यालय -सदस्य
 ८) प्राध्यापन, शिक्षा प्रशासन र परीक्षा क्षेत्रमा कम्तिमा दश वर्षको अनुभव प्राप्त गरी विशेषज्ञता हासिल गरेका व्यक्तिहरु मध्येबाट बोर्डले मनोनित गरेका कम्तिमा दुईजना महिला सहित तीनजना -सदस्य
 ९) सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका प्राध्यानाध्यापकहरु मध्येबाट कम्तिमा एकजना महिला सहित मन्त्रालयले मनोनित गरेका दुईजना -सदस्य
 १०) नेपाल शिक्षा सेवाको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत वाबोर्डको वरिष्ठ कर्मचारीहरु मध्येबाट मन्त्रालयले तोेकेको कर्मचारी -सदस्य

सचिब बोर्डको काम,कर्तव्य र अधिकारः
राष्ट्रिय परीक्षा बोर्डको काम,कर्तव्य र अधिकार निम्नानुसार तोकिएको छ :
क) मन्त्रालयले स्वीकृत गरेको परीक्षा सम्बन्धी नीतिको अधीनमा रही बोर्डको नीति निर्धारण गरी कार्यान्वयन गर्ने / गराउने,
 ख) बोर्डको दीर्घकालीन योजनात यार गरी कार्यान्वयन गर्ने / गराउने,
 ग) विद्यालय शिक्षा परीक्षाको मर्यादा र गुणस्तर कायम भए नभएको सम्बन्धमा मूल्यांकन गर्ने / गराउने,
 घ) बोर्डको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने,
 ङ)बोर्डको काम सुचारु रुपले सञ्चालन गर्न आवश्यक आर्थिक स्रोत जुटाउने,
 च) बोर्डको आवधिक तथा वार्षिक प्रतिवेदन मन्त्रालयमा पेश गर्ने,
 छ) तोकिए बमोजिमको अन्य कामहरु गर्ने / गराउने ।